लोसपाले प्रचण्डलाई विश्वासको मत दिने



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ । आज (मंगलबार) लोसपाले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको सांसद शरत सिंह भण्डारीले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ बजे प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

तथापि लोसपाले विश्वासको मत दिएपछि प्रतिपक्षमा बस्ने र सरकारमा पनि नजाने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्