पृथ्वी जयन्तीलाई पुनस्र्थापीत गर्नु जनआन्दोलनको मर्म र भावना विपरीत कार्य



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई सरकारले पुनस्र्थापित गर्नु जनआन्दोलनको मर्म र भावना विपरीत कार्य भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबकमा स्टाटस लेखेर उनले उक्त कुरा बताएका हुन् । यो कार्यले शहिदहरुको अपमान गर्ने र यसले विविधतामा एकता हैन एकतामा विभेद, असमानता र विविधता उत्पन्न गर्ने उनको दाबी रहेको छ ।

जसपाले सरकारको साझा न्यूनतम कार्यक्रममा पृथ्वी जयन्तीलाई समेट्ने विषयमा असहमति राखेपछि त्यसलाई पूर्णता दिने क्रममा हटाइएको थियो । तर, सरकारले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि जसपाले यसको विरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्