संकटा दोस्रो पटक आहामा च्याम्पियन



पोखरा । 

पाहुना टोली अमेरिकाको भुटानिज युथ स्पोट्र्स क्लबलाई हराउँदै संकटा दोस्रो पटक आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बन्न सफल भएको छ ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा संकटाले ३–२ गोल अन्तरले हराउँदै उपाधि चुमेको हो ।२०७७ मा पनि पाहुना टोली अफ्रिकन रुट्सलाई टाइब्रेकरमा ४–२ गोलले हराएको थियो । निर्धारित ९० र थप गरिएको ३० मिनेटको समय १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

शनिबारको खेलमा समेत निर्धारित समय २–२ गोलको बरारबीमै रोकिएको थियो । थप गरिएको ३० मिनेटको अन्तिम समयमा गोल गरेसंगै संकटाले जित हासिल गरेको हो । उपाधिसंगै संकटाले १२ लाख रुपैयाँ हात पारेको छ । पाहुना टोलीले उपविजेता हुँदै ६ लाख रुपैयाँ हात पारेको छ ।

खेलको आठौं मिनेटमा नै संकटाले अग्रता लियो । निशान खड्काले क्रस गरेको पासलाई गोलरक्षक पुजन थापा मगरले बचाउ गर्दा रिवाउनड बलमा सुरज जिउ ठकुरीले उत्कृष्ट फिनिसिङ गरे ।त्यसअघि छैटौं मिनेटमा रेने सान्टिल्लोनको लो क्रसमा प्रविन वस्नेतको हेडलाई गोलरक्षक टेकेन्द्र सिंह थापाले पञ्च गर्दै बचाउ गरे । १३ औं मिनेटमा रेनेको क्रस बल क्रसबारमा लाग्दै बाहिरियो ।

३५ औं मिनेटमा संकटाले अग्रता दोब्बर पा¥यो । सुनिल बलले प्रहार गरेको कर्नरमा मेस्सुकेले गोल गर्दै टोलीलाई २–० को स्थितिमा पु-याए । लगत्तै दुई मिनेटमा भुटानिजले गोल गर्दै अग्रता घटायो । मिगुले प्लाफोक्सको लामो फ्रिकिक प्रहारलाई रेनेले नियन्त्रणमा लिदैँ गोल गरे । पहिलो हाफमा थप गरिएको अतिरिक्त चार मिनेटमा भुनानिजका विल्लिस ग्रिफ्टले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दास्रो हाफ भने निकै रोमाञ्चक रह्यो । भुटानिज माथि लगातार दबाब सिर्जना गरेको संकटाले पाएको अवसरको सिर्जना गर्न भने सकेन । ६२ औं मिनेटमा गौतम श्रेष्ठले रनिङ पास दिएको अवस्थामा स्टेफन विनोङ बलसम्म पुगेपनि प्रहार गर्न भने भ्याएनन् । ६७ औं मिनेटमा स्टेफनको प्रहार बाहिरियो । ७३ औं मिनेटमा कप्तान सुनिल बलले निकालिदिएको पासमा स्टेफन पुग्न सकेनन् । ७८ औं मिनेटमा संकटाको गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । निकै राम्रो खेल कौशल बनाउँदै आयुष घलानले खाली ठाउँमा निकालिदिएको पासमा स्टेफन गोल गर्नबाट चुके । उनले डिएरियाभित्र बाट प्रहार गरेको बल साइडबार नजिकै बाट बाहिरियो ।

निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा रोकिएपछि ३० मिनेटको समय थप गरिएको थियो । थप गरिएको ३० मिनेटको दोस्रो हाफमा संकटाका लागि सुनिल बलले गोल गर्दै टोलीलाई जित दिलाए । खेलको ११८ औं मिनेटमा मेस्सुकेको पासमा सुनिलले उत्कृष्ट गोल गरे । मेस्सुके खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

विधागतमा समेत संकटा हाबी

विधागत पुरस्कार तर्फ समेत संकटा हाबी भएका छन् । उत्कृष्ट डिफेन्डर बाहेक सबै विधामा संकटाले अधिकार जमाएको हो । खेलको सर्वोत्कृष्ट खेलाडी संकटाका सुनिल बल घोषित भए । उनले ट्रफि सहित इलेक्ट्रिक स्कुटर हात पारे । बराबरी खेल भएको फाइनलमा निर्णायक गोल गरेका सुनिलले जारी प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शनी देखाए । उत्कृष्ट डिफेन्डर बाहेक अन्य विधा संकटाले हात पा¥यो । भुटानिजका हेक्टोर ओर्टेगा उत्कृष्ट डिफेन्डर घोषित भए ।

यस्तै आयुष घलान उत्कृष्ट मिडफिल्डर घोषित भए । फाइनल खेलमा निकै लोभलाग्दो प्रदर्शनी गरेका घलानले टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान दिए । उत्कृष्ट गोलरक्षक संकटाकै टेकेन्द्र सिंह थापा घोषित भए । उनले प्रतियोगिताभर चार गोल मात्रै खाए । एपिएफ र त्रिभुवन आर्मी विरुद्ध समान एक-एक गोल खाएका उनले फाइनलमा भने दुई गोल खाए ।

मेस्सुके सर्वाधिक गोलकर्ता घोषित भए । जारी प्रतियोगितामा उनले चार गोल गरे । आर्मी विरुद्ध एक, एपिएफ विरुद्ध दुई तथा फाइनलमा एक गोल गर्दै सर्वाधिक गोल कर्ता बने । उत्कृष्ट फरवार्ड स्टेफन विनोङ घोषित भए । टोलीलाई फाइल पु-याउन महत्वपूर्ण भूमिका खेलको उनले जारी प्रतियोगितामा तिन गोलको योगदान समेत दिए । उत्कृष्ट प्रशिक्षक संकटाकै सल्यान खड्गी घोषित भए । अनुशासित टिम धरान फुटबल क्लब घोषित भयो । विधागत उत्कृष्टले समान २५÷२५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्