मेयर बालेन्द्र साह इन्डोनेसियामा



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह इन्डोनेसिया पुगेका छन् । प्रमुख साह मंगलबार साँझ विदेश प्रस्थान गरेका हुन् । प्रमुख साह चार-पाँच दिनका लागि घुम्न गएको स्वकीय सचिव भूपदेप साहले जानकारी दिए ।

स्वकीय सचिव शाहले भने ‘उहाँ पारिवारिक भ्रमणमा जानुभएको हो ।’ प्रमुख साहले हिजाे निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । आयोगले निर्वाचन खर्च समयमा नबुझाएको भन्दै प्रमुख साहलाई साढे सात लाख जरिवाना तोकेको छ ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि बालेनको यो पहिलो वैदेशिक भ्रमण हो।

प्रतिक्रिया दिनुहोस्