ओलीको संयोजकमा कार्यदल गठन, पाँचदिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने



काठमाडौं ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले ५ दिनभित्र सरकारका न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

शक्ति बाँडफाँड र सरकारको साझा नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो । सरकारको न्यूनतम साझा कार्यक्रमका लागि नेकपा एमालेका अध्यक्ष केपी ओलीको संयोजकत्वमा कार्यदल बनाइएको छ ।

सरकारलाई समर्थन गरेका सातै दलका नेता बैठकमा सहभागी हुने भनिए पनि बालुवाटारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्