एकीकृत समाजवादी सरकारमा सहभागी हुने



काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल  नयाँ सत्ता गठबन्धनमा मिलेर जान सकारात्मक देखिएका छन् । नेकपा एसलाई पनि मिलाउने प्रयासस्वरूप एमाले र माओवादीका नेताहरूले पहल गरिरहेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्डले नेपाललाई मनाउनका लागि भेटेर सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग मिल्ने क्रममा आफूसँग छलफल नगरेको भन्दै नेपालले गुनासो गरेका थिए ।

त्यही गुनासोलाई सम्बोधन गर्दै दाहालले बुधबार वामदलहरूको नेतृत्वमा सरकार बनेकाले सहयोग गर्ने अनुरोध गरेका थिए । विगतमा सहकार्य गरेर अघि बढेको र अहिले पनि मिलेर जानका लागि कुनै सैद्धान्तिक विमति हुने विषय नभएकाले सहयोग गर्ने प्रधानमन्त्री दाहालले आग्रह गरेका छन् ।

अहिले नै मिलेर जाने गरी नेकपा एस तयार भए मन्त्रिपरिषद् विस्तारकै क्रममा सबै विषयहरु मिलाउने सकिने प्रस्ताव दाहालले राखेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्