जनकपुरधाममा रेलले किच्दा एक यात्रुको मृत्यु


काडमाडौं । जनकपुरधाम(जयनगर रेलले किचेर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुने व्यक्तिको पहिचान भने खुल्न सकेका छैन ।

बुधबार भारतको जयनगरबाट रेल जनकपुरधाम आउने क्रममा विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा चढ्न लागेका एक यात्रुको किचिएर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  रेल चढ्न लाग्दा खुट्टा अड्किएपछि सोही रेलले किचेपछि ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।