पत्रकार राष्ट्रिय दबूको निर्वाचन कार्यक्रम



 काठमाडौं ।
यही पुस २३ गते शनिबार हुने नेवाः पत्रकार राष्ट्रिय दबूको चौथों महाधिवेशन लगतै हुने निर्वाचनको तयारी अघि बढाइएको छ ।अधिवक्ता किरण शाक्यको संयोजकत्वमा गठित निर्वाचन समितिले सो तयारी अघि बढाएको हो।

समितिमा वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धर र ईश्वरकुमार जोशी रहनुभएको छ।समितिले लेखा समितिको लागि तीन सदस्यीयसहित ३१ जनाको केन्द्रीय समितिको लागि निर्वाचन गराउन लागेको हो ।समितिले तय गरेको निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली आईतबार मतदाता नामावली प्रकाशित गरेको छ । २८ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको थियो ।

मतदाता नामावली उपर दाबी विरोधको लागि भोलि सोमबार ११ बजेसम्म समय छुट्टयाइएको संयोजक शाक्यले जानकारी दिनुभयो।त्यसपछि मतदाताको अन्तिम नामावली प्रकाशित गर्ने समितिले जनाएको छ । त्यसैगरी उम्मेदवारको दर्ताको यही पुस १५ गते शुक्रबार तोकिएको छ।उम्मेदवारको नामावली उपर दाबी विरोध, नाम फिर्ताको प्रक्रिया पछि सोही दिन साँझ ६ः ३० बजे अन्तिम नामावली प्रकाशित गर्ने पनि समितिले जनाएको छ ।

यसैबीच समितिले महाधिवेशनको लागि सम्पूर्ण तयारी अघि बढाएको जानकारी गराउँदै महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न विधामा क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गर्ने, संस्था संस्थापकहरुलाई सम्मान गरिने पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले बताउनुभयो।

पत्रकार राष्ट्रिय दबूले यस अघि महाधिवेशनको लोगो प्रकाशित गरेको थियो । महाधिवेशनपछि पत्रकारको हकहितसंगै मातृभाषा र समावेशी पत्रकारिताको ठोस विकासको विषयमा घोषणापत्र जारी गर्ने अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो ।विसं २०६९ सालमा स्थापित सो संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को एक घटक हो ।

प्रतिक्रिया दिनुहोस्