बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन



काठमाडौं ।

बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेत ९३ वर्षको  उमेरमा निधन भएको छ। उनको आइतबार बिहान निधन भएको हो।

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर देशका लागि नेतृत्वदायी भूमिका निभाएका थिए ।

७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको सुरूवात उनले गरेका थिए । बुद्ध एयरले विज्ञप्तिमार्फत बस्नेतको निधनले असल अभिभावक गुमाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्