प्रतिनिधिसभा सदस्य किरणकुमार साहले संस्कृत भाषामा शपथ लिने



काठमाडौं ।

प्रतिनिधिसभा सदस्य किरण कुमार साहले नेपाली इतिहासमा पहिलो पटक आज संस्कृत भाषामा शपथ लिने तयारी गरेका छन्।

नेपालको परम्परागत ज्ञान–विज्ञानको भाषा र नेपाललाई एकताको सूत्रमा आबद्ध गर्ने भाषा पनि संस्कृत नै भएको उल्लेख गर्दै रौतहट–२ बाट स्वतन्त्रमा निर्वाचित सांसद साहले आफ्नो पद तथा गोपनीयताको शपथ संस्कृत भाषामा लिने तयारी गरेका हुन् ।

नवनिर्वाचित सांसदहरूले नेपालीसहित विभिन्न स्थानीय भाषाहरूमा शपथ ग्रहण गर्ने हुँदा साह संस्कृतमा शपथ ग्रहण गर्ने एकमात्र सांसद हुन् ।नेपालको संसदीय परम्परामा यो नयाँ तथा ऐतिहासिक थालनी हो । ‘संस्कृत विश्वको सबैभन्दा प्राचीन मात्र नभई सबैभन्दा उत्कृष्ट भाषा पनि हो ।

संस्कृत नेपालसहित विश्वभरि बोलिने अधिकांश भाषाहरूकी जननी पनि हो । हाम्रा संस्कार र संस्कृतिका आधार हाम्रा सबै शास्त्रको भाषा पनि संस्कृत नै हो । यसका लागि नेपालले गौरव गर्नुपर्ने ’ सांसद साहले बताए ।

विश्वमा नेपालको पहिचान स्थापित हुन्छ ती सबै कुरालाई लिएर अघि बढ्नका लागि पनि हामी नेपालीले आफ्ना मूलतर्फ ध्यान दिनैपर्ने उल्लेख गर्दै साहले भने, ‘संस्कार र संस्कृति लोप भएमा राष्ट्रको पहिचान पनि हराउँछ । हामीले यस देशको पहिचान जोगाउन पनि संस्कृत भाषाको प्रसार गर्नु आवश्यक छ ।’ रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्