सांसदहरूको शपथअघि सर्वदलीय बैठक सुरू



काठमाडौं  । 

प्रतिनिधिसभाका नव निर्वाचित सांसदहरूको शपथअघि सर्वदलीय बैठक सुरु भएको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको हो ।

बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका प्रतिनिधिको उपस्थिति छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सर्वदलीय बैठक अहिले पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस्