भारतले पूर्व सूचानाबिना नै फेरि वीरगञ्ज-रक्सौल सीमानाका बन्द गर्दै



वीरगञ्ज । भारतले वीरगञ्ज सीमानाका बन्द गर्ने भएको छ । सीमावर्ती शहर रक्सौल नगरमा निर्वाचन भएकोले सीमानाका बन्द गर्ने भएको हो ।

भारतले वीरगञ्ज–रक्सौल सीमानाका यहीँ पुष १३ गते बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

यसअघि पुस ३ गते भारतले पूर्वसूचनाविना नै बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म वीरगञ्ज–रक्सौल सीमानाका मनोमानी बन्द गरेको थियो । सीमानाका बन्द गरेपछि स्थानीयलाई नेपाल–भारत आवतजावत गर्न समस्या भएको थियो । यसका साथै सवारी साधन पनि सीमानाकामै ठप्प भएका थिए ।

त्यसपछि नेपाल–भारत सीमा प्रशासकहरुको वार्ताबाट नाका खुलाएका थिए । १३ गते हुने सीमानाका बन्दबारे हालसम्म भारतले कुनै पनि परिपत्र नगरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्