शेखरको ब्याक डिसिजन, गगनलाई नै संसदीय दलको उम्मेदवार बनाउने इतरपक्षको निर्णय



काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले महासचिव गगनकुमार थापालाई नै संसदीय दलको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (मंगलबार) काठमाडौंमा बसेको बैठकले संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई बनाउने निर्णय गरेको हो ।

हिजो (सोमबार) अपराह्नदेखि आज बिहानसम्म बसेको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने निर्णय भएको एक नेताले जानकारी दिए । यसअघि कोइरालाले आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने दाबी प्रस्तुत गर्दै आएका थिए ।

तर, इतरपक्षमा गगनलाई रोक्न सक्ने अवस्था नभएपछि आफू ब्याक हुँदै उनलाई अघि सारिएको हो । संसदीय दलमा संस्थापन पक्षबाट शेरबहादुर देउवा उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्