लिँडे ढिपी गरेपछि संस्थापनइतर पक्षले गगनलाई नै संसदीय दलको उम्मेदवार बनाउने



काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले महामन्त्री गगन थापालाई नै संसदीय दलको साझा उम्मेदवार बनाउने तयारी गरेको छ । आज (मंगलबार) बिहान काठमाडौंमा भएको इतर पक्षको बैठकले थापालाई साझा उम्मेदवार बनाउने समझदारी गरेको हो ।

महामन्त्री थापाले संसदीय दलको नेतामा कदापि नछोड्ने लिँडे ढिपी गरेपछि संस्थापनइतर पक्षले गगनलाई नै संसदीय दलको साझा उम्मेदवार बनाउने भएको छ ।

बैठकमा संस्थापनइतर पक्षका नेता र सांसदहरुको सहभागिता रहने बताइएको छ । यसअघि शेखरले पनि संसदीय दलको नेतामा आफू उम्मेदवार हुनुपर्ने दाबी गर्दै आएका थिए ।

तर, इतर पक्षको छलफलका क्रममा शेखर पछि हट्न तयार भएका हुन् । उनी पछि हटेपछि गगनलाई नै साझा उम्मेदवार बनाउने तयारी भएको बैठकमा सहभागी एक नेताले बताए ।

संस्थापन पक्षबाट प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा उम्मेदवार हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्