हेटौंडामा विश्वकप पार्क



हेटौंडा । कतारमा जारी फिफा विश्वकप खेलमा सहभागी ३२ राष्ट्रका खेलाडीलाई नेपाल भ्रमणमा आउन निम्तो दिने उद्धेश्यले हेटौंंडाबाट अभियान सुरु गरिएको छ ।

एष्ट्रोनोभा फाउन्डेसन नेपालले हेटौंडा–११ को सहिद स्मारकमा वल्र्डकप पार्क निर्माण गरी उक्त सन्देशप्रवाह गरेको हो । सहिद स्मारकभित्र एक महिनासम्मका लागि पार्क निर्माण गरिएको हो । पार्कमा विभिन्न देशका झण्डा, नाम चलेका खेलाडीका फ्लेक्स र वल्र्डकपको प्रतिमूर्ति आदि संरचना निर्माण गरिएका छन् ।

फाउन्डेसनले मंगलबार पार्कमै पत्रकार सम्मेलन गर्दै एक अभियानका रुपमा सानो प्रयास थालिएको फाउन्डेसनका अध्यक्ष किसन बा“स्तोलाले बताएका छन् । उनले नेपाल जस्तो प्राकृतिक सुन्दरताको देशमा ३२ राष्ट्रका खेलाडीलाई भिœयाउने उद्धेश्यले निम्तोसहित सञ्चारमाध्यममार्फत् खबर पुगोस् भनेर उक्त कार्य थालनी गरिएको बताए । उनले फुटबलप्रेमी दर्शकलाई यसको प्यास मेटाउन स्मारकपरिसरमा वल्र्डकप पार्क बनाइएको बताए ।

जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष भेष खड्गीले राष्ट्रले गर्नुपर्ने काम निजी क्षेत्रले गरेकोमा धन्यवाद दि“दै सरोकार निकायसम्म आफूहरुले पनि सञ्चारप्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । जिल्ला फुटबल संघ उपाध्यक्ष युवराज ब्लोनले फुटबल निकायले अनिवार्य गर्नुपर्ने कामलाई निजी क्षेत्रबाट सुरु भएकोमा खुशी व्यक्त गर्दै आफूहरुले पनि यसको प्रचारप्रसारमा तत्काल पहल गर्ने बताए ।

मकवानपुरका राष्ट्रिय फुटबल खेलाडी रञ्जन बिष्टले सुरु अभियानले विश्वसामु नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले निजी क्षेत्रबाट यसरी फुटबल खेललाई प्रचारप्रसार गरी विश्वका चर्चित फुटबलर नेपालमा ल्याउनसके विश्वसामु नेपालको छुट्टै पहिचान बन्ने बताए ।

कार्यक्रममा फाउन्डेसन सदस्य मनोज यादबले अभियानलाई मिडियामार्फत् प्रचारप्रसार गरी विश्वका खेलाडीसम्म सन्देशप्रवाह गरिदिन आग्रह गरे ।

नोभेम्बर २० मा उद्घाटन खेल अलबायत स्टेडियममा हुरु भएको थियो । कतार विश्वकप २०२२ धेरै अर्थले पृथक् र विशेष छ । उसले यस्तो इतिहास लेख्दैछ, जुन विश्वकप फुटबलमा विश्वकप २०२२ मध्यपूर्वी एसियाले आयोजना गर्न लागेको पहिलो विश्वकप हो । एसियाली मुलुकमा भएको यो दोस्रो आयोजना हो । यसअघि जापान र दक्षिण कोरियाले सन् २००२ को विश्वकप संयुक्तरुपमा आयोजना गरेका थिए ।

यो आयोजनाको अधिकार पाउन कतारले प्रत्यासी राष्ट्रहरु अमेरिका, दक्षिण कोरिया, जापान र अष्ट्रेलियालाई उछिनेको थियो । कतारमा शुरु प्रतियोगिता विश्वकप आयोजनाको २२ औं संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्