कास्की–२ मा एमाले नेतृ विद्या भट्टराई विजयी


पाेखरा ।

एमाले नेतृ विद्या भट्टराई कास्की- २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । भट्टराई १६ हजार ९ सय ९८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाए ।

नेकपा एकीकृतका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मतमा चित्त बुझाए । भट्टराई यसअघि ०७६ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।