विश्वकप फुटबलः बेलायतले इरानलाई छ गोलले हरायो



दोहा ।

आइतबारदेखि यहाँ प्रारम्भ भएको फिफा वल्र्डकप समूह ‘ख’अन्तर्गत आज बेलाइत र इरानबीच भएको खेलमा बेलाइत विजयी भएको छ । इरानलाई दुईका विरुद्ध छ गोलले पाखा लगाउँदै बेलाइत विजयी भएको हो ।

जुड बेलिङघम र बुकायो साकाले बेलाइतलाई पहिलो हाफमा दुई शून्यको अग्रता दिलाएका थिए । ह्यारी केनको पासमा रहिम स्टर्लिङले अर्को गोल गरेर इरानलाई स्तब्ध पारे ।

दोस्रो हाफमा मार्कस रासफोर्ड, बुकायो साका र ज्याक ग्रेलिसले एक एक गोलको योगदान गरे । बेलाइतका खेलाडीले आफूहरुलाई डी बक्सभित्र लडाएपछि पाएको पेनाल्टी प्रहारले इरानलाई लज्जास्पद पराजयबाट जोगायोे । इरानका खेलाडी मेधी तरेमीले खेलको उत्तराद्र्धमा गरेको सफल पेनाल्टी प्रहार र अतिरिक्त समयमा गरेको अर्को गोलले इरान दुई गोलमा सीमित रह्यो ।

प्रतिक्रिया दिनुहोस्