गठबन्धन फुटेको हाँडीको चोइटा : ओली



काठमाडौं  ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरू पार्टीका चुनावी घोषणापत्र कार्यान्वयन गर्न नभई जनता ढाँट्न ल्याएको बताउनुभएको छ । सोमबार चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनमा रहेका पार्टीहरूले फरकफरक घोषणापत्र ल्याएकाले उनीहरूले कार्यान्वयन गर्न नसक्ने बताउनुभएको हो ।

‘साँच्चै गठबन्धन गरिएको हो भने चुनावी घोषणापत्र पनि एउटै हुनुपथ्र्यो’, ओलीले भन्नुभयो– ‘अरू पार्टीका घोषणापत्र कार्यान्वयन गर्न होइन, जनता ढाँट्न ल्याएका हुन् । गठबन्धनपछि पनि रहन्छ रे कांग्रेसले एउटा घोषणापत्र जारी गरेको छ, माओवादीको अर्को, माधव नेपालको अर्को र लोसपाले अर्कै छ । एउटा भन्छ गणतन्त्र अर्को होइन भन्छ ।

त्यसैमा झगडा हुन्छ । उनीहरूका एजेन्डा कसरी कार्यान्वयन हुन्छन् ?’ –ओलीले प्रश्न गर्नुभयो । उहाँले एमालेले देश बनाउने गन्तव्य अघि सारेको भन्दै देशको प्रगति र समृद्धिका लागि एमाले कसैसँग सम्झौता नगर्ने र गर्न पनि नदिने दाबी गर्नुभयो । गठबन्धनलाई फुटेको हाँडीको चोइटाको संज्ञा दिँदै उहाँले देशका लागि अभिशाप बनेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्