इंग्ल्यान्डलाई टी २० विश्वकप उपाधि



लन्डन, (एजेन्सी)  । 

इंग्ल्यान्डले अस्टे«लियामा भएको टी २० विश्वकप क्रिकेटको उपाधि आइतबार जितेको छ । मेलबर्नमा भएको फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराएर उपाधि हासिल गरेको हो ।

१ सय ३८ रनको सामान्य लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ औं ओभरसम्म खेल्नु परेको थियो । जबकी सेमिफाइनलमा १० विकेट सुरक्षित राखेर १ सय ७० रनको लक्ष्य १६ औं ओभरमै प्राप्त गरेको थियो ।

पाकिस्तानविरुद्ध भने इंग्लिस ब्याटरमा बेन स्टोक्सले विजयी इनिङ खेले । ८४ रनमा ४ विकेट गुमेको अवस्थामा स्टोक्सले जिम्मेवारी ब्याटिङ गर्दै ५२ रनमा नटआउट रहेर जित दिलाए ।

योसँगै इंग्ल्यान्ड टी २० र ५० ओभरको फरम्याटको विश्व विजेता पनि बनेको छ । साथै यो इंग्ल्यान्डको टी २० विश्वकपमा दोस्रो उपाधि हो । यसअघि टोलीले २०१० मा टी २० विश्वकप उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्