राष्ट्रपति भण्डारी आइल्याण्डमा


काठमाडाैं  ।

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको रेक्जाभिकमा आयोजना हुने ‘रेक्जाभिक ग्लोबल फोरम– वमन लिडर्स’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी छन् ।

कार्यक्रम रेक्जाभिकमा ८ देखि १० नोभेम्बरसम्म हुनेछ । कार्यक्रमको आयोजना वमन पोलिटिकल लिडर्स (डब्लुपीएल), आइसल्याण्ड सरकार र आइरल्याण्डको संसदले संयुक्तरुपमा आयोजना गरेका हुन् ।

राष्ट्रपतिलाई आइसल्याण्डको विदेश मन्त्रालयका शिष्टाचार महापाल र डेनमार्कस्थित नेपाली दूतावासका उपप्रमुख तीर्थराज अर्यालले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले रेक्जाभिक ग्लोबल फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले त्यहाँ डब्ल्यूपीएल ट्रेलब्लेजर अवार्ड २०२२ ग्रहण गर्नेछिन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।