गस्ती जाँदा लडेर म्यादी प्रहरीको मृत्यु


धादिङ, (नेस)

धादिङको त्रिपुरासुन्दरी गाउाँपलिका–१ मा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ ।
त्रिपुरासुन्दरी–१ कै २१ वर्षीया भवानी खकुरालको गस्ती हिँड्ने क्रममा चिप्लिएर मंगलबार घाइते हुनुभएको थियो ।

घाइतेको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा लगिएकोमा उपचार हुन नसकी न्युरो अस्पताल प्रेषण गरिएको र सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो । म्यादी प्रहरीको बिमा नगरिएकाले क्षतिपूर्ति नेपाल सरकारले निर्णय गरेअनुसार हुने खत्रीले बताउनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।