नारायणीमा डुंगा पल्टियो : तीनको मृत्यु, २ जना घाइते



नवलपरासी ।

पश्चिम नवलपरासीमा डुङ्गा पल्टिदा ३ जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।  नवलपरासीको सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेको नारायणी नदीको भंगालोमा डुंगा दुर्घटनामा परेको हो ।

डुङ्गा पल्टेर मृत्यु हुनेमा सुस्ता गाउँपालिका ४ गोकुलनगरका २२ वर्षीय गुड्डु हरिजन, वर्ष १८ का निरज हरिजन र १८ वर्षकै रन्जित गुप्ता रहेका छन्। घाईते भएकाे साेही ठाउँका १५ वर्षका साेहित सहनी र २२ वर्षीय किशाेर हरिजनको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार डुंगा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्