प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारको उम्मेदवारी खारेज



काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको उम्मेदवारी खारेज भएको छ । प्रतिनिधिसभाको समानुपातिकमा दलिततर्फ चार नम्बरमा रहेका परियारको उम्मेदवारी निर्वाचन आयोगले मंगलबार खारेज गरिदिएको छ ।

निर्वाचन आयोगको मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक बन्दसूचीबाट ५५० जना उम्मेदवारको नाम हटाउने निर्णय गरेको थियो । जसमा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ३६९ जनासमेत परेका छन् ।

उनीहरुसँगै निर्वाचन आयोगले प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूचीबाट हटाएको हो । नेपाली कांग्रेसले बन्दसूचीमा समावेश गरेको परियारविरुद्ध आयोगमा उजुरी परेको थियो । परियार नेपाल सरकारको लाभको पद प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कायम रहेको र उक्त पदबाट राजीनामा नदिएको भन्दै नाम हटाइएको हो ।

प्रतिक्रिया दिनुहोस्