विक्रम गोसाई नेपाल इको प्यानलको जनरल म्यानेजरमा नियुक्त



काठमाडौं ।

भक्तपुरका विक्रम गोसाई नेपाल इको प्यानलको जनरल म्यानेजरमा नियुक्त भएका छन् । नवनियुक्त म्यानेजर गोसाईलाई नेपाल इको प्यानलका सञ्चालकद्धय इन्जिनियर सुवोध त्रिपाठी र इन्जिनियर कृष्णभक्त दुवालले संयुक्त रुपमा स्वागत गरे ।

त्यस अवसरमा उनीहरु दुवैले नवनियुक्त जनरल म्यानेजर गोसाईबाट उर्जा किफायती तथा वातावरणमैत्री निर्माण सामग्रीको आफूहरुको अभियानमा थप बल पुग्ने विश्वास व्यक्त गरे । दुवैजना इन्जिनियर झण्डै साढे एक दशक ‘१५ वर्ष’ देखि ऊर्जा किफायती एवं वातावरणमैत्री निर्माण सामग्री प्रयोगको अभियानमा छन् ।

नवनियुक्त गोसाई ख्वप कलेज भक्तपुरका पूर्वविद्यार्थी हुन् । नेपाल इको प्यानलको कर्पोरेट कार्यालय भक्तपुर नगरपालिका १ सल्लाघारी ‘डा। इवामुरा अस्पतालको अपोजिट’ मा रहेको छ । यसको कारखाना भने भक्तपुरकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो ।

प्रतिक्रिया दिनुहोस्