निर्वाचन आयोगले आज समानुपातिकतर्फका उम्मेदवारकाे नाम सार्वजनिक गर्दै


काठमाडौं ।

निर्वाचन आयोगले आज समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको नाम सार्वजनिक गर्दैछ ।

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ ६ हजार ४ सय ५७ जना बन्दसूचीमा रहेकोमा आयोगले हिजो ५५० जनालाई हटाएपछि बाँकी रहेका ५ हजार ९०७ जनाको अन्तिम नाम सार्वजनिक गर्न लागेको हो ।

स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार भएर खर्चको विवरण पेस नगरेपछि जरिवाना नबुझाउने ३६९ जनासहित दाबी विरोध उपर जाँचबुझबाट गरी ५४८ जना, पदमा बहाल रहेका एक जना र कालोसूचीमा रहेका एक जना गरी कुल ५५० जना व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय आयोगले गरेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।