१० वर्ष जेलमा बिताएका ८ तमिल कैदीलाई आममाफी


एजेन्सी ।

श्रीलंकामा लिबिरेसन टाइगर्स अफ तमिल इलम ९एलटीटीइ०सँगको सम्बन्धको आरोपमा १० वर्षभन्दा बढी जेलमा बिताएका आठ तमिल कैदीहरूलाइ राष्ट्रपति रनिल विक्रमासिंगेले आममाफी दिएका छन् ।

संविधानको धारा ३४ अन्तर्गत प्रदान गरिएको माफी तमिल सांसदहरूको हस्तक्षेपको परिणाम स्वरूप आएको राष्ट्रपतिको विज्ञप्तिमा उल्लेख छ ।

दोषी ठहर भएका आठमध्ये ३ जनलाई पूर्वराष्ट्रपति चन्द्रिका बन्दरनायके कुमारतुंगाको हत्या प्रयासमा संलग्न रहेको जनाइएको छ । सन् १९९४ देखि २००५ सम्म राष्ट्रपति रहेकी कुमारतुंगाले उनीहरूलाई क्षमा दिन सहमति जनाएका थिइन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।