साउदी युवराज भारत आउदै


एजेन्सी

साउदी युवराज तथा प्रधानमन्त्री मोहमद बिन सलमान भारतको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा युवराज सलमान यही १४ नोभम्बरमा भारतको भ्रमण गर्न लागेका हुन् । इन्डोनेसियाको बालीमा जी २० सम्मेलनमा सहभागी हुुने क्रममा युवराज सलमान भारत आउन लागेका हुन् ।

साउदी उर्जामन्त्री अब्दुलअजीज बिन सलमानले यस हप्ता भारतको भ्रमण गरेका थिए । भ्रमणमा रहेका मन्त्रीले भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल, तेलमन्त्री हरदीपसिंह पुरी, उर्जामन्त्री आरके सिंहलगायतका शीर्ष मन्त्रीहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।