विभिन्न धनमाल चोरी



भक्तपुर । चाँगुनारायण नगरपालिका–२ चरेली घर बस्ने ६९ वर्षीय छत्रमणी तिमल्सिनाको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसमेत गरी अन्दाजी १० लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्