माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो पोखरामा हुने



काठमाडौं । 

आगामी असोज ६ गतेदेखि तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता र पहिलो माउन्ट एभरेस्ट जीसीएस अन्तर्राष्ट्रिय खुला तेक्वान्दो पूम्से प्रतियोगिता हुने भएको छ । तेस्रो संस्करणको तेक्वान्दोमा विश्व वरियता जी टू का खेलाडीले सहभागिता जनाउनेछन् । प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न आयोजकले सबै तयारी गर्ने मंगलबार भएको पत्रकार सम्मेलनमा जनायो ।

आयोजक नेपाल तेक्वान्दो संघले प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा गर्ने जनाएको छ । यसको सहआयोजक अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ रहेको छ । असोज ९ गतेसम्म हुने चार दिने प्रतियोगितामा भाग लिन यही भाद्र ९ गतेदेखि खेलाडीले दर्ता गर्नुपर्नेछ । आयोजकले जनाएअनुसार हालसम्म ११ राष्ट्रबाट ८ सय ११ खेलाडीले सहभागिता जनाउन दर्ता गरिसकेका छन् । आयोजकले दर्ता समयावधिसम्म १ हजारभन्दा बढीको सहभागिता हुने अपेक्षा पनि गरेको छ ।

खेलकुदमार्फत् गण्डकी प्रदेशलाई खेलकुदको सहरको रूपमा स्थापित गर्न सकिने पनि जनाएको छ । यस्तै, कोभिडले थलिएको नेपालको पर्यटन प्रवद्र्धन हुने पनि आयोजकले आसा लिएको छ । तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता कोसेढुंगा सावित हुने पनि उनीहरूले विश्वास लिएका छन् । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ५५ लाख खर्च हुने पनि आयोजकले अनुमान गरिएको छ ।
तेस्रो माउन्ट एभरेस्टमा हुने खेलतालिका

जुनियर क्योरुगी: २३ सेप्टेम्बर

पुरुषतर्फ: ४५ केजीमुनि, ४८ केजीमुनि, ५१ केजीमुनि, ५५ केजीमुनि, ५९ केजीमुनि, ६३ केजीमुनि, ६८ केजीमुनि, ७३ केजीमुनि
महिलातर्फ:४२ केजीमुनि, ४४ केजीमुनि, ४६ केजीमुनि, ४९ केजीमुनि, ५२ केजीमुनि, ५५ केजीमुनि, ५९ केजीमुनि, ६३ केजीमुनि
सिनियर क्योरुगीः२४ र २५ सेप्टेम्बर
पुरुषतर्फ: ५४ केजीमुनि, ५८ केजीमुनि, ६३ केजीमुनि, ६८ केजीमुनि, ७४ केजीमुनि, ८० केजीमुनि, ८७ केजीमुनि, ८७ केजीमाथि
महिलातर्फ:४६ केजीमुनि, ४९ केजीमुनि, ५३ केजीमुनि, ५७ केजीमुनि, ६२ केजीमुनि, ६७ केजीमुनि, ७३ केजीमुनि, ७३ केजीमाथि
पहिलो माउन्ट एभरेस्ट जीसीएसमा हुने खेल तालिका
पुम्से प्रतिस्पर्धा: २२ सेप्टेम्बर
व्यक्तिगत पुरुष-महिला: ९–१२ वर्ष, १२–१४ वर्ष, १४–१८ वर्ष, १८–३० वर्ष, ३०–४० वर्ष, ४० र त्यसभन्दा माथिको उमेर
जोडी: ९–१२ वर्ष, १२–१४ वर्ष, १४–१८ वर्ष, १८–३० वर्ष, ३०–४० वर्ष, ४० र त्यसभन्दा माथिको उमेर
टिम: ९–१२ वर्ष, १२–१४ वर्ष, १४–१८ वर्ष, १८–३० वर्ष, ३० र त्यसभन्दा माथिको उमेर

पाकिस्तानमा अवस्थित विश्वकै दोस्रो र नवौं अग्लो हिमाल माउन्ट केटु र नाङ्गा पर्वतमा नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिरको लोगो तथा नेपालको राष्ट्रिय झण्डा अंकित ब्यानर नेपाल व्यायाम मन्दिरकै प्रशिक्षार्थी निङ्गमा तामाङ्गले फहराएका छन् । वि.सं २०१० सालमा स्थापना भएको नेपाल व्यायाम मन्दिरले थुप्रै अन्तराष्ट्रिय खेलाडीहरू जन्माइसकेका छन् ।

तस्वीर :नेपाल व्यायाम मन्दिर 

प्रतिक्रिया दिनुहोस्