काठमाडौंबाट १८ बन्दकर्ता पक्राउ



काठमाडौं ।

काठमाडौंमा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान शंकास्पद रुपमा लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए ।

एकजना ललितपुरबाट पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ । मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्