गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्दै


काठमाडौं ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँटका बारेमा सहमति जुटाउनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ ।

सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सिट बाँडफाँटमा सहमति जुटाउन आज पनि बैठक बस्न लागेको हो ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमवार सहमति जुटाउनका लागि गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।