८० लाख सिरिन्ज सहयोग



काठमाडौं ।

नेपालको कोभिड खोप अभियानका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ८० लाख सिरिन्ज सहयोग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत डब्ल्यूएचओले नेपाललाई उक्त सुई प्रदान गरेको हो । डब्ल्यूएचओल गत हप्ता बिहीबार उक्त परिणामको सिरिन्ज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तरगत रहेको स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरेको थियो ।

डब्ल्यूएचओको नेपाल प्रतिनिधि डा. राजेश सम्भाजी राव पाण्डव नेतृत्वको टोलीले बिहीबार स्वास्थ्य सेवा विभाग पुगेर सिरिन्ज हस्तान्तरण गरेको हो । विभागले उक्त सिरिन्ज कोभिडविरुद्धको खोप अभियानका लागि देशभर पठाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्