दाङमा बन्दकर्ताले गरे टिप्परमा आगजनी


काठमाडौं ।

बन्धकर्ताले दाङमा बिहानै गाडीमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन् ।

चार/पाँच जनाको समूहमा रहेका बन्धकर्ताले टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए । उनकाअनुसार घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरूको खोजी शुरु गरेको छ ।

‘विप्लव’को नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका छन् । तीन बुँदे राजनीतिक सहमतिका विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महँगीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।