चोरी भएको मोटरसाईकलसहित एक जना पक्राउ



काठमाडौं । काठमाडौ महानगरपालिका १६ पकनाजोलबाट चोरी भई हराएको मोटरसाईकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २० घर भई हाल काठमाडौको बालाजु बस्ने २४ बर्षिय अमर सुनार रहेका प्रहरीले बताएको छ।

उनले चलाएको बागमती प्रदेश ०२ ०२० प ३९६८ नम्बरको २२० सिसिको कालो पल्सर शंका लागी चेक गर्दा उक्त मोटरसाईकलको वास्तविक नम्बर बागमती प्रदेश ०२ ०१५ प ८२१८ नम्बरलाई परिवर्तन गरी प्रदेश ०२ ०२० प ३९६८ नम्बर प्रयोग गरी चलाईरहेको पाईएकोले उनलाई उक्त मोटरसाईकल सहित काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले आज साँझ ५ बजे पकनाजोलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सुनारलाई मोटरसाईकल सहित थप अनुसन्धान तथा कारवाहीका लागी प्रहरी बृत नयाँवानेश्वर पठाईएको छ । उक्त मोटरसाईकल गत बैशाख २६ गते वानेश्वर स्थित मिलनचोकबाट हराएको भनि बाराको स्वरण घर भई हाल काठमाण्डौको सिफल बस्ने रमोद ठाकुर लोहारले निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्