टाइम्स क्वाटरफाइनलमा



काठमाडौं ।

टाइम्स प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कोर्टमा भएको समूह ‘सी’ को लिग खेलमा टाइम्सले आईएसए नेपाललाई ११०–२९ को फराकिलो अन्तरले हरायो ।

टाइम्सका सदीश प्रधानले २९ अंक जोडे । टाइम्स क्वाटरफाइनल पुग्ने पहिलो टोली हो । पहिलो दिन कसमस कलेजबाट वाकओभर पाएको टाइम्स समूह विजेता भयो ।

महिलाको राउन्ड रोविन लिगमा ललितपुर हाइले कीर्तिपुरलाई ५१–२७ ले हरायो । ललितपुरकी अस्मिताले १५ स्कोर गरिन् । चारै क्वाटरमा अग्रता लिएको ललितपुरले क्रमशः १५–०, १३–११, १४–१० र ९–६ को प्रदर्शन ग¥यो । कीर्तिपुरको यो लगातार दोश्रो हार हो ।

 

प्रतिक्रिया दिनुहोस्