करोडौँ रकम कुम्ल्याउन नक्कली बिहे गरेर हत्या, ६ जना पक्राउ



काठमाडौं । करोडौँ रकम कुम्ल्याउन नक्कली बिहे गरी एक युवककाे  हत्या गरिएको छ । हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२ करोड ५० लाख रुपियाँ बीमा रकम कुम्लयउन नक्कली विवाह गरी बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता सापकोटा छन् ।

प्रतिक्रिया दिनुहोस्