स्वास्थ्य बीमा सम्बन्धी विवाद गम्भीर समस्या हो : डिला संग्रौला



काठमाडौं।

यही श्रावण १ गतेदेखि स्वास्थ्य बीमा गरेका बिरामीले समेत उपचार सेवा नपाएको र सरकारले आर्थिक बर्ष २०७९÷०८० बजेट भाषण्मै सरकारी र सामुदायिक अस्पतालहरु मार्फत मात्र स्वास्थ्य बीमा संचालन गर्ने निर्णय गरेको थियो । यो विषयलाई लिएर विभिन्न नीजि तथा विश्व विद्यालय अस्पतालका साथै नेकपा एमालेले समेत पुरानै अवस्थामा स्वास्थ्य बीमा संचालन गर्न माग गर्दै आएका छन् ।

यसै विषयमा आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले स्वास्थ्य बिमासम्बन्धी उत्पन्न भएको समस्या गम्भीर भएकाले तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छिन् । उनले स्वास्थ्य बीमा कार्यक्रममार्फत् सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालले नै उक्त कार्यक्रम स्थगित गर्नु दुःखद भएको पनि बताइन् ।

२०७२ साल चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल ७७ जिल्लाको ७ सय ४६ स्थानीय तहमा लागू भएको अवस्थामा नेपाल सरकारले यस्लाई थप सहज र सर्वसुलभ बनाउँनुपर्नेमा साँघुरो घेराभित्र राख्न नहुने बताइन् ।

उनले नेपालमा भर्खरै शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम दुर दराजका नागरिकका लागि निकै महत्व रहेको अवस्था छ । हालसम्म १७ लाख ५० हजार नेपाली नागरिकले स्वास्थ्य बीमामा आबद्ध भैसकेको अवस्थामा सरकारले थप गुणस्तरिय र सर्वसुलभ बनाउने तर्फ लाग्नुपर्ने बेलामा अलमलिनुले नागरिकको स्वास्थ्य सेवा पाउने संविधानलेनै व्यवस्था गरेको नैसर्गिक अधिकार माथी प्रश्न उठेको समेत औल्याइन् ।

निजी बीमा कम्पनी र निजी स्वास्थ्य संस्थाले मुनाफामा मात्रै आँखा लगाइरहेको भन्दै उनले जोखिमका बेला राज्यले व्यहोर्नुपर्ने तर मुनाफा भने निजी कम्पनीले मात्र कमाउने मोडेलमा जान नहुने बताइन् । निजी अस्पतालमा आम नागरिकहरको पहुँच नभएको बताउँदै उनले सरकारी अस्पतालको गुणस्तर सुधार गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

 

प्रतिक्रिया दिनुहोस्