स्वास्थ्यकर्मी नहुँदा बाटोमै सन्तानको जन्म



बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं एक फयालगाउँमा स्वास्थ्यकर्मी नभए पछि एक जना महिलाले बाटोमै बच्चा जन्माउनु परेको छ ।

फयालगाउँ स्थित सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुदा वडा नं एक मुक्तिकोटकी कार्तिके वि।कले बाटोमै सन्तान जन्माउनुपरेको छ ।

गाउँपालिकाबाट यस अघि नियुक्त भएका करार कर्मचारीको चालु आर्थिक बर्षका लागि करार म्याद थप नगरी कार्यालयमा नगएको र त्यहाँ कार्यरत सिनियर अहेव विर्ज विक गोष्ठीमा गाउँपालिका गएका बेला प्रसुती हुन पुगेकी वि।क फर्किदै गर्दा बाटोमै बच्चा जन्माउन पुगेकी हुन् । कार्तिके वि।क र बच्चाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्