विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत



काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियास् भन्ने प्रस्ताव निणायार्थ प्रस्तुत गरेका थिए ।

सो विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सहरी क्षेत्रका सार्वजनिक यातायात र काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायात सेवालाई सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय, लागतप्रभावी र सुरक्षित बनाउने उद्देश्यका साथ सरकारले विधेयक पेश गरिएको बताए । प्रतिनिधिसभाको अर्को बैठक भोलि साउन ६ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्