सुत्केरीको हेलिकप्टरबाट उद्धार



काठमाडौं । हेलम्बु गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएपछि हेलम्बु–५ गोल्फु भञ्ज्याङकी २६ वर्षीया माया तामाङको आज हेलिकप्टरबाट उद्धार गरिएको वडाध्यक्ष दीपकुमार तमाङले बताए ।

उनका अनुसार स्थानीय स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने भएपछि गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलिकप्टर बोलाएर सुत्केरी महिलालाई काठमाडौँ पठाएका हुन् ।

उनीसँगै हेलम्बु-५ कै अर्का एक हात भाँचिएका बिरामी माइली तामाङलाई पनि सोही हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । बाढीका कारण मोटरबाटो अवरुद्ध भएपछि हेलिकप्टरबाट बिरामीको उद्धार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्