छानबिन संसदीय समितिमा जनार्दनकाे बयान- ‘मैले कुनै गल्ती गरेकाे छैन’



काठमाडौं ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिले आज (बिहीबार) शर्मासँग बयान लिएको छ । बयानको क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताएका छन्।

पदमा रहँदा आफूले कुनैखाले गल्ती नगरेको उल्लेख गर्दै छानबिन संसदीय समितिसमक्ष उनले भनेका छन्, ‘मैले गल्ती गरेको छैन । जनतालाई पनि भ्रम परेको पाएँ ।’ एक सदस्यकाअनुसार शर्माले आफूमाथि लागेको सबै आरोपहरू झुटा भएको दाबी गरेका छन् ।

बाहिरिने क्रममा उनले सोधेका प्रश्नको उत्तर दिएको पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिए । बयान दिँदै उनले अर्थमन्त्रालयमा बजेट बनाउने क्रममा कोही बाहिरी मान्छे नआएको दाबी गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्