पुबुदु क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

दाशानायकेले आजै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।

उनी आज नै क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

क्रिकेट क्यानडाले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्