पार्टी एकीकरण गरेर अघि बढ्ने तीन दलको निर्णय



काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरुको बैठक सकिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड. एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी बैठकले विचार मिल्नेहरुसँग एकता गरेर अघि जाने निर्णय गरेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलले पछिल्लो समय गरेको निर्णयबारे छलफल भएको बैठक पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए । उनले आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने र गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको उनले जानकारी दिए ।

गठबन्नलाई निरन्तर दिने र स्थानीय चुनावको परिणामलाई पनि हेरेर कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भयो प्रचण्डले भने । उनले नेकपाकालका एकै पार्टीका बहुमत सदस्यहरु एक ठाउँमा भएकाले विचार मिल्नेसँग एकीकरण गर्नेबारे छलफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्