सिंहदरबारमा केही बेरपछि चारजना पूर्वप्रधानमन्त्रीको संयुक्त भेटवार्ता हुँदै, कम्युनिस्टहरुको ध्रुवीकरण होला ?



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आज (मंगलबार) पूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र बाबुरामबीच सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको हो ।

भेटवार्ताको क्रममा समाजवादी केन्द्र गठन, प्रचण्डको भारत भ्रमण, आगामी निर्वाचनमा सत्तारुढ गठनबन्धन र समसामयिक विषयमा छलफल भएको डा.बाबुरामको सचिवालयले जनाएको छ ।

उनीहरुको करिब एक घण्टासम्म कुराकानी भएको थियो । भट्टराईले आफू जसपाबाट अलग भए पनि सत्तारुढ गठबन्धनमै रहेको बताएका छन् ।

मंगलबार नै प्रचण्ड र बाबुरामसँगै नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल हुने बताइएको छ । उक्त भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल र नेता बामदेव गौतम पनि सहभागी हुने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्