गभर्नर महाप्रसाद अधिकारीविरुद्ध उजुरी

0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।

वाइसिएलका संयोजक सुमन देवकोटालगायतले आज आयोगको कार्यालय टङ्गालमा पुगेर अधिकारीविरुद्ध उजुरी दर्ता गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ को क बमोजिम गभर्नर कुनै राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ तर अधिकारी नेकपा (एमाले)को अर्थ तथा योजना विभागको सदस्यका रुपमा एक अधिकारीका रुपमा रहको पाइएको वाइसिएलको उजुरीमा उल्लेख छ ।

गभर्नर हुनका लागि कम्तीमा स्नातकोत्तर तह बराबरको शैक्षिक योग्यता हुनुपर्नेमा अधिकारीले स्नातक मात्रै उत्तीर्ण गरेको पाइएको वाइसियलको आरोप छ ।

कुनै पनि दलमा संलग्न व्यक्ति गभर्नर हुन नपाउने व्यवस्था भए पनि उनी एम अधिकारीका रुपमा एमालेको अर्थ तथा योजना विभागमा रहेको पाइएकाले कारबाहीको माग गर्दै उजुरी दर्ता गराइएको वाइसिएलका संयोजक देवकोटाले जानकारी दिए ।

Skip This