भुसाललाई उपसभामुख बनाउने सहमति


काठमाडौं । 

प्रतिनिधिसभामा खाली रहेको उपसभामुख पदको लागि यही शुक्रबार निर्वाचन हुने भएको छ । संसद् सचिवालयले बुधबार लामो समयसम्म खाली रहेको उपसभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभएको छ ।

यसैबीच सत्ता गठबन्धले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउन सहमति जुटेको कांग्रेसका नेता मीन विश्वकर्माले बताउनुभयो ।

उपसभामुखका लागि शुक्रबार हुने निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता हुँदैछ । सत्ता गठबन्धनका सबै सांसदले मत दिए भुसाल उपसभामुख निर्वाचित हुने निश्चित छ । वि.सं. २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराउनुभएको थियो । वि. सं. २०७६ फागुनमा तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली रहेको थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उपसभामुख पदमा उम्मेदवारी दिने विषयमा कुनै निर्णय गरेको छैन । नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले पार्टीभित्र छलफल गरेर उपसभामुखको उम्मेदवार टुंगो लगाई मनोनयन दर्ता गराइने बताउनुभयो ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।