भिरबाट लडेर किशोरको मृत्यु


काठमाडौं । भिरबाट लडेर बैतडीमा आज एक १७ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्युु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ चडेखानका १७ वर्षीय वीरेन्द्र बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

बाख्रा चराउन गएका बोहराको आज दिउँसो १२ बजे स्थानीय छत्यौडा भन्ने भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । बोहराको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । बोहरा निङ्लाशैनी मावि देहिमाडौँमा कक्षा १२ मा अध्ययनरत थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।