एमालेका जनप्रतिनिधि अनुपस्थित : हेटौंडाको नगरसभा स्थगित



हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट निर्वाचित हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिको अनुपस्थितिका कारण नगरसभा स्थगित भएको छ ।

आफूहरुले राखेको माग सम्बोधन नगरेको भन्दै एमालेका जनप्रतिनिधिहरु नगरमा अनुपस्थित भएपछि नगरसभा स्थगित भएको हो ।

एमालेका जनप्रतिनिधिले राखेका माग सम्बोधन नगरेको र पेलेरै नीति तथा कार्यक्रम ल्याउन लागेको आरोप लगाउँदै उनीहरुले ११औँ नगरसभामा बहिष्कार गरेका छन् ।

बैठक सञ्चालन कार्यविधि २०७४ को केही व्यवस्थामा संशोधन गरिनुपर्ने उनीहरुको माग छ ।

आज (शुक्रबार) बिहान १० बजेबाट हुने भनिएको नगरसभा दिउँसो २ बजे स्थगित भएको जानकारी गराइएको छ ।

मेयर मिना लामाले गणपुरक संख्या नपुगेको भन्दै आइतबारसम्मको लागि नगरसभा स्थगित गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्