अपन राधेमाईको जित



काठमाडौं । 

अपन राधेमाई युवा क्लबले यु–१६ नेक्सस कप टी–२० क्रिकेट सिजन ५ मा बिहीबार जित हात पारेको छ । राधेमाईले भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) लाई ७७ रन अन्तरले पराजित ग-यो । पहिलो ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनायो । शशि पारितले ५३, सफ्वान अलीले २२ र रुहुल हक अन्सारीले २० रन जोडे । भक्तपुरका आयान सिलवालले २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको बीसीसी १८.१ ओभरमा अलआउट हुँदै ६२ रनमा समेटियो । राधेमाईका सल्मान अली मन्सुरी र अनिश साह कनुले ३–३ विकेट लिए ।अर्को खेलमा आस्था कलेज, झापाले ओसिस क्रिकेट एकेडेमीलाई २ विकेटले हरायो । ओसिसले पूरा २० ओभर खेल्दै ७ विकेट क्षतिमा १ सय रनको योगफल खडा ग¥यो । ओसिसका सूर्यांन्शु कोइरालाले ३७ तथा निश्चल श्रेष्ठले २१ रन बनाए ।

आस्थाका सौजन घिमिरेले ३ तथा संगम बुढाथोकीले १ विकेट झारे ।आस्थाले १७.१ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेटायो । आस्थाका सौजन घिमिरेले ९ बलमा २ छक्का मद्दतमा २१ रन बटुले । ओसिसका बिके शर्माको नाममा ३ विकेट रह्यो । बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा प्रतियोगिता आयोजित भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्