कालिकोटमा गाडी दुर्घटना, चालकको मृत्यु



कालिकोट । कालिकोट जिल्लाको तिलागुफा नगरपालीका-५ धनाडा जुथुगाड नजिकै प्रदेश नं ३ को स्कारपियो गाडी दुर्घटना भएको छ ।

दुर्घटनामा चालकको घटना स्थलमै मृत्यु भएको छ । कालिकोटको नाग्म बजारदेखि नेपालगञ्ज फर्किदै गरेको प्रदेश नं. ३ को ०१ ०२४ च १७८५ नम्बरको स्कारपियो दुर्घटना हुँदा चालक विकास आले मगरको घटना स्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

स्कारपियो गाडी सुर्खेतबाट रिर्जभमा जुम्ला पुगेको थियो । मृतक चाकलको शव पोष्टमार्टमका जिल्ला अस्पताल मान्मा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्